पक्षघातको औषधि निःशुल्क उपलब्ध गराइने

हिमाल प्रेस ३ माघ २०८१ १७:५२ | Thursday, January 16, 2025
पक्षघातको औषधि निःशुल्क उपलब्ध गराइने स्वास्थ्यमन्त्री प्रदीप पौडेल।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्।

समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन्।अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ति निकालेर जनाएको छ।

मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ। ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ।

एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु. एक लाख ३८ हजार पर्ने गरेको छ।

प्रकाशित: ३ माघ २०८१ १७:५२ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast