काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे सहकारी ठगी मुद्दामा थुनछेक बहस सुरु भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका लागि उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। उनकाे आइतबार बयान मात्रै भएकाे थियाे।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियाे। आज बिहानदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिएका छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको भन्दै रविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। पोखराबाट शुक्रबार काठमाडौँ आएका उनी आइतबार अदालतमा उपस्थित भएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ८४ दिनपछि जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो।