काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइटमार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन्। मन्त्रालयले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो।
अध्यक्ष पदका लागि आवेदन दिन चाहने व्यक्तिले बीमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसै क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता व्यक्तिले अध्यक्ष पदका लागि आवेदन दिन पाउने मन्त्रालयको सुचनामा भनिएको छ।