युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता हुन्छ : कानुनमन्त्री

हिमाल प्रेस २० पुष २०८१ ६:३१
2
SHARE
युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता हुन्छ : कानुनमन्त्री

वीरगञ्ज- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न पहल गर्ने बताएका छन्।

पर्सागढी २१०औँ विजय महोत्सवको उद्घाटन गर्र्दै मन्त्री चौरसियाले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी क्षेत्रको विकास र सम्वद्र्धनको लागि आफूले सबै खालको सहयोग गर्न तयार रहेको बताए ।

‘हाम्रो पूर्खाको धरोहरको संरक्षण गरेर जोगाउनु सबैको कर्तब्य हो,’’ उनले भने, ‘पर्सागढीलाई ऐतिहासिक पूर्वाधारको साथसाथै सोसँगै जोडिएको स्थानमा पुल निर्माणका लागि पनि आवश्यक सहकार्य भइरहेको छ ।’

पर्सागढी २१० औं विजय महोत्सवको अवसरमा विभिन्न खालका झाँकी प्रर्दशन गरिएको थियो । ऐतिहासिक कला संस्कृति झल्किने विभिन्न गतिविधि श्रीजंग गण पर्साले गरेको थियो ।

मधेश प्रदेशसभा सदस्य श्याम पटेलले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी क्षेत्रको विकास र प्रवद्र्धनको लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनको लागि आवश्यक पहलकदमी भइरहेको जानकारी दिए ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जंगल क्षेत्र स्थानीय जनताले कब्जा गरेको जग्गा फिर्ता गराएर ऐतिहासिक सम्पदास्थलको रुपमा विकास गर्नुपर्ने बताए ।

पर्सागढी २१०औँ विजय महोत्सवको अवसरमा पर्सागढी नगरपालिका हरपुरदेखि पर्सागढीसम्म कलश यात्रा गरिएको थियो । १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच फौज पर्सागढीमा युद्ध भएको थियो । अंग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए। नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।

साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो संख्यामा स्थानीय हातहतियारसहित युद्धमा निस्किएका थिए । यसरी उनीहरूले गोर्खाली फौजको ठूलो संख्या आएको भान पारी अंग्रेजलाई भगाएको कथन छ।

प्रकाशित: २० पुष २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast