राष्ट्रिय च्याउ दिवस : स्वदेशी च्याउलाई छैन बजार

रमेश भारती १५ पुष २०८१ ११:०१
12
SHARES
राष्ट्रिय च्याउ दिवस : स्वदेशी च्याउलाई छैन बजार

काठमाडौँ- आज पुस १५ अर्थात ‘राष्ट्रिय च्याउ दिवस’। आज पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र च्याउ उत्पादक किसान संघले च्याउ दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउँदैछन्।

यसका अवसरमा कृषि मन्त्रालय र संघले च्याउ मेला तथा प्रदर्शनी भृकुटीमण्डपमा आयोजना गरेका छन्। बिहान १० देखि बेलुका ५ बजेसम्म भृकुटीमण्डपमा च्याउ प्रदर्शनी हुने च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए।

उनका अनुसार मेलामा च्याउ सम्बन्धी ४२ स्टल राखिएको छ। च्याउको माग बढे पनि सरकारले उत्पादन वृद्धिका लागि आवश्यक योजना नल्याएको उनको आरोप छ। ‘नेपालका ७१ जिल्लामा च्याउखेती भइरहेको छ। व्यावसायिक रूपमा भने ४७ जिल्लामा च्याउ खेती भइरहेको छ। सरकारले च्याउ उत्पादनका लागि केही कार्यक्रम ल्याएको छैन’, कार्कीले भने।

उत्पादन भइरहेको स्वदेशी च्याउले आधा मात्र पुग्छ।  संघका अनुसार च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन्। नेपालमा गोब्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको भइरहेको संघले जनाएको छ।

नेपालमा दैनिक करिब १ लाख ४० हजार किलो च्याउ माग हुन्छ। नेपालमा हाल दैनिक ६०-७० हजार मात्र च्यान उत्पादन भइरहेको संघका अध्यक्ष कार्कीले जानकारी दिए। ५० हजार किलो कन्य च्याउ, १० हजार किलो गोलो च्याउ, १ हजार ४ किलो राजा च्याउ र च्याउ १० हजार किलो उत्पादन हुँदै आएको छ। यो अनुमानित तथ्यांक हो।

नेपालमा अहिले वार्षिक ६ देखि ७ अर्बको च्याउ उत्पादन भइरहेको संघले जनाएको छ।  वार्षिक अर्बौँको च्याउ आयात हुँदा उत्पादन वृद्धि र च्याउखेतीका लागि सरकारले चासो नदिएको संघको आरोप छ। पछिल्लो समय च्याउखेतीमा आकर्षण बढे पनि यसको बजारमा समस्या हुँदा किसान समस्यामा पर्न थालेका छन्।

संघका अनुसार डल्ले च्याउमा नेपाल आत्मनिर्भर भइसकेको छ। च्याउ उत्पादक किसान संघले २०७६ साल पुस २९ गतेदेखि मेची-महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सुरु गरेको थियो। यसै अभियानपछि पुस-१५ गते ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन थालिएको हो।

पुसमा सबैभन्दा बढी च्याउ उत्पादन हुन्छ। यस महिना दैनिक ९० हजार किलोसम्म च्याउ उत्पादन हुने गरेको संघले जनाएको छ। विश्व बजारमा यसको माग अत्याधिक छ। नेपालमा च्याउ उत्पादनका लागि सरकारले काम गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन्।

उनका अनुसार च्याउ अति नै पोसिलो र स्वास्थ्य खाद्यवस्तु हो। यसका कारण आत्मनिर्भरका लागि उत्पादन बढाउनुपर्छ। यसका लागि सरकारले च्याउ खेतीमा किसान र उत्पादन दुवै वृद्धि गर्नेगरी योजना बनाएर काम गर्ने उनले बताइन्। ‘नेपालीका घरघरमा, होटल, रेस्टुरेन्टमा धेरै प्रयोग हुने च्याउ क्यानिङ भइसकेको छ। नेपालले च्याउ उत्पादन बढाउँदा विदेशी बजारमा राम्रो मूल्य पाउँछ’, उनले भनिन्।

सरकारले सहयोग नेपाल च्याउखेतीमा आत्मनिर्भर बन्न समस्य नहुने अध्यक्ष कार्कीको दाबी छ। सरकारले च्याउ खेतीका लागि विशेष कार्यक्रम ल्याउ हाल भइरहेको आयातलाई रोकेर निर्यात गर्ने अवस्थामा पुग्ने उनको दाबी छ। नेपालमा हाल गोब्रे, कन्ये, सिताके, दूधे र राजा च्याउको व्यावसायिक खेती भइरहेको छ। रातो र पहिलो च्याउ खेती भएपनि यो च्याउ बाहिर निर्यात हुने गरेको संघले जनाएको छ।

नेपालमा २०३४/३५ सालदेखि नै काठमाडौं बलम्बु, ललितपुर चापागाउँ, भक्तपुर दधिकोटमा व्यवसायिक खेती सुरु भएको कृषि मन्त्रालयको तथ्यांकमा छ। हाल यो च्याउ खेती व्यवसायिक रूपमा ४७ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ पुष २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast