एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

हिमाल प्रेस १६ पुष २०७९ ६:५७ | Saturday, December 31, 2022
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन शनिबार स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ।

प्रकाशित: १६ पुष २०७९ ६:५७ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast