नक्कली डाक्टर जितेन्द्र पक्राउ

हिमाल प्रेस १२ पुष २०८१ १७:०३
16
SHARES
नक्कली डाक्टर जितेन्द्र पक्राउ

काठमाडौँ- नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीमा परेको जाहेरीका आधारमा घटनाको अनुसन्धानका क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका ४ आरूखर्कबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट ५९ हजार ३६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ। उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

पीडितलाई सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा पुगेका अनुसन्धानमा खुलेको छ। घरमा गएर उनले सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाएर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँसमेत चोरी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुष २०८१ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast