थप एक जनामा मंकिपक्स पुष्टि

हिमाल प्रेस ५ पुष २०८१ १७:३७ | Friday, December 20, 2024
थप एक जनामा मंकिपक्स पुष्टि

काठमाडौँ- नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ। नेपालमा यो दोस्रो केस हो। हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको हो।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एक जना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो।

प्रकाशित: ५ पुष २०८१ १७:३७ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast