‘ए’ डिभिजन लिग फाुगन १९ बाट

हिमाल प्रेस १४ पुष २०७९ १८:०४ | Thursday, December 29, 2022
‘ए’ डिभिजन लिग फाुगन १९ बाट

काठमाडौँ- नेपाली घरेलु फुटबलको शीर्ष श्रेणीको लिग सहिद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ बाट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरूसँग छलफल गरेर बिहीबार नयाँ मिति तय गरेको हो।

यसअघि पुस २६ बाट लिग सुरु हुने बताएको थियो। त्यसका लागि पुस ७ गतेसम्म क्लबहरुलाई टिम दर्ता गर्न समयसीमा तय गरिएको थियो। तर एन्फाले तयारी खर्च तयारी नदिएको भन्दै क्लबहरुले टिम दर्ता गरेका थिएनन्।

अब भने क्लबहरुले तयारी खर्च लाने र टिम दर्ता गर्ने सहमति भएको एन्फाले बताएको छ। एन्फाले क्लबहरुलाई गत वर्षको तयारी खर्च सात लाख ५० हजार र यसपालिका लागि तोकिएको २५ लाख रुपैयाँमध्येको पहिलो किस्ता १५ लाख रुपैयाँ दिनुपर्नेछ।

प्रकाशित: १४ पुष २०७९ १८:०४ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast