स्वतन्त्र उम्मेदवारहरूको भेला फागुनमा

हिमाल प्रेस १४ पुष २०७९ १८:०० | Thursday, December 29, 2022
स्वतन्त्र उम्मेदवारहरूको भेला फागुनमा

काठमाडौँ– प्रतिनिधि तथा प्रदेश सभामा स्वतन्त्र उम्मेदवारि दिई आफ्नो राजनीतिक यात्रा सुरु गरेकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ।

स्वतन्त्र उम्मेदवार तथा वैंकल्पिक राजनीतिक फोरमले विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ देखि ७ गतेसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाएको हो।

स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरु एकठाँउ आउनैपर्ने भएकाले सम्मेलनको आयोजना गरिएको फोरमले जनाएको छ। तीन दशक लामो समयदेखि नै दलहरुले भ्रष्टाचार, कुशासन र अविकासको दुष्चक्रमा फसाएकाले अब जनता चूप लागेर बस्न नहुने र अब वैकल्पिक शक्तिको आवश्यकता रहेको फोरमको भनाइ छ।

राष्ट्रिय सम्मेलनमार्फत देशमा राजनैतिक शुद्धिकरण, सुशासन र आर्थिक समृद्धिको स्पष्ट खाकासहित शसक्त र वैकल्पिक शक्तिको घोषणा गरिने स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय समन्वय समितिका संयोजक सुनि प्रसाद साहले जानकारी दिए।

प्रकाशित: १४ पुष २०७९ १८:०० | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast