
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ओरेगन सीमानाबाट करिब १३० माइल टाढा काउन्टीमा केन्द्रबिन्दु भएर बिहान १०:४४ मा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
भूकम्पले उत्तरी क्यालिफोर्नियाको ठूलो क्षेत्र हल्लाएको समाचार संस्था एपीले जनाएको छ। भूकम्पपछि क्यालिफोर्नियामा छोटो सुनामीको चेतावनी दिइएको थियो। अहिले भने सुनामीको चेतावनी रद्द गरिएको छ।
भूकम्पबाट ठूलो क्षतिको कुनै विवरणहरू हालसम्म नआएको समाचारमा उल्लेख छ। भूकम्पको केन्द्रबिन्दु रहेको सबैभन्दा नजिकको काउन्टीमा ३००० भन्दा बढी मानिसहरू बिजुलीविहीन छन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले उत्तरी क्यालिफोर्नियामा आपतकालीन अवस्थाको घोषणा गरेका छन्।