गोरखामा छायांकनरत ‘जुन-किरी’ काे मुख्य भूमिकामा सुरज र लक्ष्मी

हिमाल प्रेस १३ मंसिर २०८१ १६:५६
116
SHARES
गोरखामा छायांकनरत ‘जुन-किरी’ काे मुख्य भूमिकामा सुरज र लक्ष्मी

काठमाडौँ- गुरुङ समुदायको कथामा आधारित फिल्म ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन गोरखामा भइरहेको छ।गोरखाको सिरानचोकस्थित नाथ मण्डलीमा छायांकन भइरहेको फिल्मका लेखक तथा अभिनेता सुरज तमुले जानकारी दिए।

उनकाअनुसार यही मंसिर १५पछि फिल्मको छायांकन सकिनेछ। फिल्म सिनेमाटोग्राफर योगेश दाहालले खिचिरहेका छन्। गत असोज १५ देखि सुरु भएको छायांकन पहिलो चरणकाे काम  टिमले दसैँ अघि सकाएको थियो।

दीप गुरुङको निर्देशनमा निर्माण भइरहेको फिल्ममा सुरज र भरत राईको कथा लेखन छ। फिल्मको पटकथा केर कोइँच लिनुचले लेखेका हुन्। फिल्म काठमाडौँमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ।

फिल्ममा गुरुङहरूले पहिल्यैदेखि मनाउँदै आएके घाँटु नाचको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धलाई पनि समावेश गरिएकोले फिल्म रोचक बन्न्ने निर्माण टिमको विश्वास छ।

फिल्ममा लेखक सुरजसँगै अभिनेत्री लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सहायक कलाकारमा डिबी गुरुङ, अनिल सुब्बा, कविता आले, प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरुङ, सौजन सेन्ह्याङ, समर्पण श्रीलगायतको अभिनय छ।

सुरजले यसअघि ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’ ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन्। उनले ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्युँझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन्।

कलाकार लक्ष्मीको यो दोस्रो फिल्म हो। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्। ‘माइली’, ‘युके लन्डन’ लगायतका म्युजिक भिडियोमा उनको अभिनय छ। दीप गुरुङको यो दोस्रो निर्देशन हो। उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए। उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभ मुहूर्त

प्रकाशित: १३ मंसिर २०८१ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast