युक्रेनमा रुसले प्रहार गरेको ‘ओरेश्निक क्षेप्यास्त्र’ के हो?

हिमाल प्रेस ११ मंसिर २०८१ ८:०५
20
SHARES
युक्रेनमा रुसले प्रहार गरेको ‘ओरेश्निक क्षेप्यास्त्र’ के हो? रुसले युक्रेनमाथि प्रहार गरेको क्षेप्यास्त्र।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग शक्तिशाली नयाँ क्षेप्यास्त्रको भण्डार रहेको बताएका छन्।

आफ्नो देशले युक्रेनको डिनिप्रो क्षेत्रमा नयाँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलीपल्ट पुटिनले थप अस्त्रहरू रहेको बताएका हुन्।

पूर्व निर्धारित नरहेको टेलिभिजन सम्बोधनमा रुसी नेताले ‘ओरेश्निक’ क्षेप्यास्त्र निस्तेज बनाउने कुनै उपाय नभएको बताए। उनले लडाइँको अवस्थामा यो अस्त्रका थप परीक्षणहरू गरिने वाचा गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनका कदमबारे गम्भीर जवाफ दिन विश्व नेताहरूलाई आह्वान गरेका छन्। उनको देशले पश्चिमा साझेदार देशहरूसँग परिष्कृत रक्षा प्रणालीहरू माग गरिरहेको उनले बताएका छन्।

‘ओरेश्निक’ कस्तो अस्त्र हो?
अहिले चर्चामा रहेको ‘ओरेश्निक’ क्षेप्यास्त्र नोभेम्बर २१ मा युक्रेनको डिनिप्रोमा प्रहार हुँदासम्म यो कस्तो अस्त्र हो भन्ने विवरण खासै बाहिर आएका थिएनन्।

बीबीसी रुसी सेवाका सैन्य विज्ञ पभेल अक्सेनोभले यो क्षेप्यास्त्रबारे हालसम्म उपलब्ध भएका प्रमाणहरूको अध्ययन गरेका छन्।

रुसी राष्ट्रपति पुटिनले यसलाई ‘नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र’ भनेका छन्। तर युक्रेनले यो स्वीकार गरेको छैन। किएभले यसलाई ‘सिडर’ क्षेप्यास्त्र भनेको छ। तर यो सिडर हुने धेरै सम्भावना छैन।

कैयौँ गुप्तचर निकायहरूले नजिकबाट निगरानी गरिरहेको क्षेत्रमा भएको यति लामो दूरीको क्षेप्यास्त्र उडानका क्रममा पनि भूउपग्रहहरू र सैन्य निगरानी विमानहरूबाट प्रस्ट देखिएको थियो।

क्षेप्यास्त्र उडानका क्रममा देखिने आगोको लप्काका आधारमा पनि त्यसको विशेषताबारे धेरै कुरा थाहा पाउन सकिन्छ। नयाँ क्षेप्यास्त्रको प्रक्षेपणको तथ्यांकबाट पनि विश्लेषकहरूले धेरै निष्कर्ष निकाल्न सक्छन्।

पश्चिमा गुप्तचर निकायहरूले ‘ओरेश्निक’ क्षेप्यास्त्रबारे आफ्नो निचोड हालसम्म सार्वजनिक नगरे पनि उनीहरूसँग यो कस्तो प्रकारको क्षेप्यास्त्र हो भन्ने अझै प्रस्ट बुझाइ हुनसक्छ।

प्राप्त जानकारीहरूका आधारमा विज्ञ र टिप्पणीकर्ताहरूले सञ्चार माध्यम र सामाजिक सञ्जालमा आ-आफ्नै बुझाइहरू सुनाएका छन्।

यसमध्ये सबैभन्दा धेरै चर्चा भएको चाहिँ रुसले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम रुबेज्ह क्षेप्यास्त्र मध्यम दूरीको प्रहारका लागि परीक्षण गरेको हो भन्ने तर्क हो।

‘ओरेश्निक’बारे हामीलाई के थाहा छ?
पुटिनले जारी गरेको वक्तव्यमा उक्त क्षेप्यास्त्र ‘गैरआणविक हाइपरसोनिक विस्फोटक’ ले भरिएको थियो र एक सेकेन्डमा झन्डै तीन किलोमिटर दूरी पार गर्दै आफ्नो निशानामा पुग्ने गतिको थियो।

यसमा आणविक अस्त्र नभएको प्रस्टै थियो र बलिस्टिक क्षेप्यास्त्रहरू प्राय हाइपरसोनिक गतिकै हुन्छन्।

सेन्टर फर आर्म्स कन्ट्रोल एन्ड नन्प्रो-लिफरेशन नामको गैर सरकारी संस्थाले यसबारेको एक पुस्तिकामा बलिस्टिक क्षेप्यास्त्रको गति एक सेकेन्डमा ९०० मिटर मात्रै हुने उल्लेख गरेको छ। त्यो भनेको रुसले सार्वजनिक गरेको भन्दा कम आँकडा हो।

यो गतिकै क्षेप्यास्त्रले बोक्ने विस्फोटक पदार्थले भरिएको ुयुद्धशीर्षु लाई बीचैमा निस्तेज बनाउन निकै कठिन हुन्छ।

यो क्षेप्यास्त्रमा अलग ‘युद्धशीर्ष’ थियो जसले टिप्पणीकर्ताहरूलाई अलमलमा पारिदिएको छ। यो डिनिप्रोमा बज्रिँदाको समयमा खिचिएको भिडिओमा छ वटा समूहमा बस्तुहरू जमिनमा खसिरहेको देखिन्छ। प्रत्येक समूहमा अर्को छ वटा चम्किला बस्तुहरू थिए।

यस्तो प्रकारका क्षेप्यास्त्रका लागि यो संख्या निकै ठूलो हो। यद्यपि त्यहाँको जमिनमा विस्फोट भएको नदेखिएबाट के संकेत मिल्छ भने क्षेप्यास्त्रमा रहेका छुट्टाछुट्टै अस्त्रको गतिका कारण ती चम्किला बस्तु देखिएका हुन सक्छन्।

यस्ता अस्त्रहरू फरकफरक आकारका हुन सक्छन् र धातुका हुन्छन् जसले तीव्र गतिका कारण पैदा हुने ऊर्जाको मद्दतले लक्ष्यमा विनाश निम्त्याउन सक्छ। तीव्र गतिका कारण यो ऊर्जा निकै महत्त्वपूर्ण हुन्छ।

विभिन्न स्रोतहरूले रुसको आस्ट्रखान क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार भएको संकेत गरेका छन्। यदि यो साँचो हो भने यो क्षेप्यास्त्रको क्षमता ८०० देखि ८५० किलोमिटर हुनुपर्छ।

पुटिनले ‘ओरेश्निक मध्यम दूरीको क्षेप्यास्त्र भएको बताएका छन्। यस्ता क्षेप्यास्त्रको क्षमता १००० देखि ५५०० किलोमिटरसम्म हुन्छ। तर रुसले कम दूरीकै लागि यो क्षेप्यास्त्र प्रहार गरेको पनि हुनसक्छ। बीबीसीबाट

प्रकाशित: ११ मंसिर २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast