काठमाडौँ- अमृतकुमार राईले परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी सम्हालेका छन्। राईले आइतबारबाट परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी सम्हालेका हुन्।
सरकारले सेवा लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा गरेपछि परराष्ट्र सचिवको पद खाली भएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र सचिव लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाउने निर्णय गरेको थियो।
राईले कायममुकायम सचिवको जिम्मेवारी सम्हालेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि उनी न्युयोर्कस्थित स्थायी नियोग, दक्षिण अफ्रिकामा राजदूत भइसकेका उनी परराष्ट्र मन्त्रालयमा रहेर काम गरिसकेका छन्।
ओली बेइजिङ जानुअघि परराष्ट्र सचिवमा हेरफेर, मन्त्री आरजुबाटै लम्सालको ‘अपमान’
प्रकाशित: १० मंसिर २०८१ २०:३१
प्रतिक्रिया