कालिमाटी तरकारी : गोलभेँडा ७२, फर्सी ३५ [तालिकासहित]

हिमाल प्रेस १० मंसिर २०८१ ८:३८
कालिमाटी तरकारी : गोलभेँडा ७२, फर्सी ३५  [तालिकासहित] काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज डल्ले च्याउको मूल्य किलोमै ५१ रुपैयाँ घटेको छ। त्यसैगरी प्याज, भन्टा, आलु लगायतका केही तरकारीको मूल्य पनि थोरै घटेको छ। तर, गाँजर, साग लगायतका तरकारीको मूल्य भने बढेको छ।

कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ।

कालिमाटीमा आज सानो भारतीय गोलभेँडा ७२, तराईको सानो गोलभेँडा १०५, रातो आलु ६९, सेतो आलु ५९, लोकल गाँजर १९०, तराईको गाँजर १७०, लोकल बन्दा ९५, ज्यापु काउली १२५, सेतो मुला ४५, लाम्चो भन्टा ६५, तने बोडी १३५, मकै बोडी ६५, करेला ११०, लौका ८५, परबल ९५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी पाकेको फर्सी ३५, हरियो फर्सी ६५, भिन्डी ११०, स्कुस २५, रायोको साग ४५, पालुंगोको साग ९५, कन्य च्याउ २००, डल्लो च्याउ २७५, कुरिलो ११५०, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। क्रेता र बिक्रेताबीचको आपसी समझदारीमा यो मूल्यमा दुईचार रुपैयाँ थलमाथि हुन सक्छ।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ६५, रातो आलु ७०, सेतो आलु ५७, सुकेको भारतीय प्याज १०२, लोकल गाँजर १९०, तराईको गाँजर १७०, लोकल बन्दा ८५, तराईको बन्दा ७५, स्थानीय काउली ११०, तराईको काउली ९५, सेतो मुला ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ७५, करेला ११०, लौका र परबल ९५, हरियो फर्सी ५५, स्कुस २५, रायोको साग ४५, पालुंगोको साग ९५, चमसुरको साग ११०, कन्य च्याउ २१०, डल्ले च्याउ ३२६, कुरिलो ११५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १० मंसिर २०८१ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast