बालविकास केन्द्रको अभिलेखीकरण गर्न आग्रह

हिमाल प्रेस ९ मंसिर २०८१ १३:५१
312
SHARES
बालविकास केन्द्रको अभिलेखीकरण गर्न आग्रह काठमाडौँको पशुपति मित्र माध्यमिक विद्यालयको बालविकास कक्षा। फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने प्रारम्भिक बालविकास तथा शिक्षा व्यवस्थापनमा एकरुपता कायम गर्न, शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा अध्यावधिक गर्न र प्रचलित कानुन बमोजिम महानगरस्तरीय शिक्षाको मूलधारमा ल्याउन आवश्यक भएको हुँदा अभिलेखीकरण गर्न अनुरोध महानगरले जनाएको छ।

महानगरको गत वैशाख गतेको नगर शिक्षा समितिको निर्णयानुसार उक्त अनुरोध गरिएको विभागले गएको बुधबार जनाएको हो।

यस्ताे छ पत्र

काठमाडौं महानगरपालिका
यं मदानगवद्यानिवा नगर कार्यपालिकाको कार्यालय
०८१/०८२ (शिक्षा विभाग) पत्र संख्या:- चलानी नं.:- ५६४
काठमाडौं ‘बागमती प्रदेश, नेपाल
महानगरप
नगर कार्यपालिकाको कार्य
काठमाडौं,
विभाग
महानगरपालिमा
काठमाडौंम
मह
Kathmandu
Dolitan City
मितिः २०८१/०८/०५
नेपाल संवतः११४५ कछलागा पञ्चमी
प्रारम्भिक बाल विकास केन्द्रको अभिलेखीकरण सम्बन्धी सूचना
प्रस्तुत विषयमा, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने शिशु स्याहार केन्द्र / प्रारम्भिक बाल विकास तथा शिक्षा / पुर्व प्राथमिक विद्यालयलको व्यवस्थापनमा एकरुपता कायम गर्न, शैक्षिक सूचना व्यवस्थापन प्रणाली ( EMIS) मा अध्यावधिक गर्न र प्रचलित कानुन बमोजिम महानगरस्तरीय शिक्षाको मूल धारमा ल्याउन आवश्यक भएको हुँदा तत्कालिन जिल्ला शिक्षा कार्यलयबाट अनुमति प्राप्त गरेका वा सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सञ्चालनमा रहेका शिशु स्याहार केन्द्र/प्रारम्भिक बाल विकास तथा शिक्षा / पुर्व प्राथमिक विद्यालयहरुले अभिलेखीकरणका लागि दरखास्त पेश गर्नुहुन मिति २०८१/०१/०९ को नगर शिक्षा समितिको निर्णयानुसार अनुरोध छ । यसै सूचनासाथ संलग्न फाराम भरी उल्लिखित कागजात संलग्न गरी अभिलेखीकरणका लागि यो सुचना जारी भएको मितिले ३० दिनभित्र यस विभागमा कागजात पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै तोकिएको मितिभित्र निवेदन दिई अभिलेखीकरण हुन नआउने विद्यालयहरुलाई नियमानुसार कारबाही भै जाने व्यहोरा समेत जानकारी गराइन्छ ।
संलग्न गर्नुपर्ने कागजातहरूः
१. पूर्व प्राथमिक विद्यालय ( ई. सि.डी) को अभिलेखीकरण गरिदिने सम्वन्धी निवेदन पत्र ।
२. संस्थाको नाम (नेपालीपन झल्किने) ठेगाना र सम्पर्क नं ।
३. शैक्षिक गुठीको विधानको प्रतिलिपि।
४. घर जग्गा आफ्नै भए लालपुर्जाको प्रतिलिपि, भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको कवुलियतनामा सम्वन्धी पत्र
५. प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा ( नजिकका दुई विद्यालय देखिने गरी ) ।
६. सम्बन्धित वडाको सिफारिस ।
७. भवन खेल मैदान सम्वन्धी प्रमाण कागजात र विवरण ।
८. संस्थाबाट सञ्चालन गरेको भएमा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि र नियामानुसारको नवीकरण गरिएको निस्सा |
९. संस्थाबाट सञ्चालन गरेको भएमा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन |
१०. आपसी सहयोग समूहबाट निवेदन गरिएको भए त्यस्तो समूहको बैठकको निर्णय ।
११.कुनै विद्यालयसँगको आवद्वतामा सञ्चालन गर्न खोजिएको भए सो विद्यालयको सिफारिस। १२. सञ्चालकहरुको नागरिकताको प्रमाणपत्रको स्वयमबाट प्रमाणित प्रतिलिपि ।
१३. प्रचलित कानुनले तोकेका अन्य कागजातहरु ।
बोधार्थः
श्री सूचना प्रविधि विभाग, काठमाडौं महानगरपालिका सूचना वेवसाइटमा अपलोड गरिदिनुहुन ।
नेत्रनारायण पौडेल शिक्षा अधिकृत
श्री सबै वडा कार्यालय काठमाडौं महानगरपालिका तहाँ वडा अन्तर्गत व्यवसाय दर्ता गरी सञ्चालनमा रहेकाको अभिलेखीकरणका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन ।
फोन नं.: +९७७-१-५९०९०३२ (प्रमुख), +९७७-१-४१६८७३२ ( उप-प्रमुख), +९७७-१-४१६८७१७ ( प्रमुख प्रशासकीय अधिकृत) ईमेल: [email protected], [email protected], [email protected]
पोष्टबक्स नं. ८४१६, काठमाडौं, नेपाल, वेभसाइट: www.kathmandu.gov.np


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast