ट्रम्पको दोस्रो कार्यकाल पनि आप्रवासीका लागि कठोर

हिमाल प्रेस ४ मंसिर २०८१ १६:२१
22
SHARES
ट्रम्पको दोस्रो कार्यकाल पनि आप्रवासीका लागि कठोर डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- रिपब्लिकन राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प २० जनवरीमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि फर्कँदैछन्। यति बेला धेरैको ध्यान उनले आप्रवासीका विषयमा केकस्ता रणनीति अवलम्बन गर्लान् भन्नेमा छ। हुन पनि ट्रम्प चुनाव प्रचारका बेला अवैध आप्रवासीका विषयमा कडाइका साथ प्रस्तुत भएका थिए। उनको अघिल्लो कार्यकाल (सन् २०१६-२०२०) पनि आप्रवासीहरूका लागि त्यति सुखद थिएन।

विश्लेषकहरू आप्रवासीका सम्बन्धमा ट्रम्प अघिल्लो कार्यकालभन्दा अझ कठोर हुने अनुमान गर्छन्। ट्रम्पले अघिल्लो कार्यकालमा अपुरो रहेका नीति कार्यान्वयनका गर्ने प्रतिबद्धता जनाएकाले पनि उनीहरूको अनुमान पूरा हुन सक्छ।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सीमामा आप्रवासन रोक्नका लागि विभिन्न आदेश जारी गर्न सक्छन्। यी आदेशमा अमेरिकी-मेक्सिको सीमा क्षेत्रमा नेसनल गार्डका सैनिक तैनाथ गर्नु र पर्खाल निर्माणका लागि अर्थ संकलन गर्न राष्ट्रिय आपत्काल घोषणा गर्नु जस्ता गतिविधि हुन सक्छन्।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमा राष्ट्रिय आपत्काल घोषणा गर्ने संकेत गरिसकेका छन्। अवैध रूपमा अमेरिकामा बसिरहेका आप्रवासीलाई बाहिर पठाउन आवश्क परे सेना पनि प्रयोग गर्न सक्ने उनको आशय छ।

ट्रम्पले २०१९ मा लागू गरेको ‘रिमेन इन मेक्सिको’ कार्यक्रम पुनः सुरु गर्ने बताइसकेका छन्। यस कार्यक्रमअन्तर्गत केही देशका नागरिकलाई शरणार्थीका सम्बन्धमा निर्णय नभएसम्म मेक्सिकोमा बस्नुपर्ने थियो। यसपटक जबर्जस्ती सीमा पार गर्ने र आप्रवासन कानुन उल्लंघन गर्ने जोकोहीलाई हिरासतमा राख्ने योजना बनाउने ट्रम्पको योजना छर

एडिसन रिसर्च अनुसार ३९ प्रतिशत मतदाता अमेरिकामा अवैध रूपले बसिरहेका अधिकांश प्रवासीलाई निर्वासित गर्नुपर्ने पक्षमा छन्। ५६ प्रतिशतले भने उनीहरूलाई कानुनी मान्यता प्राप्त गर्नका लागि मौका दिनुपर्ने बताएका थिए। अक्टोबरमा आयोजित एउटा चुनावीसभामा ट्रम्पले कंग्रेसबाट १० हजार नयाँ सीमा एजेन्टका लागि बजेट माग गर्ने बताएका थिए।

अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता ट्रम्पको छ। यसको उद्देश्य आपराधिक गतिविधिमा संलग्नहरूमाथि कठोर नीति अवलम्बन गरिनेछ भने लाखौँ प्रवासीलाई मातृदेशमा फर्काइनेछ।

ट्रम्पले अवैध आप्रवासीलाई पक्राउ गर्न र स्वदेश फर्काउन नेसनल गार्डको प्रयोग गरिने बताएका छन्। साथै उनले आवश्यक परेमा सेना प्रयोग गर्न पनि पछि नहट्ने चेतावनी दिएका छन्। ट्रम्पले केही देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने बताएका छन्। गाजा पट्टी, सिरिया, यमनलगायतका क्षेत्रबाट आउने मानिसलाई रोक्ने उनको प्रतिबद्धता छ। यी देशका नागरिक अमेरिकाका लागि सुरक्षा खतरा रहेको दाबी ट्रम्पको छ। धार्मिक वा विचारधारात्मक आधारमा पनि यात्रा प्रतिबन्ध लाग्न सक्छ।

साथै ट्रम्प अवैध आप्रवासीका सन्तानलाई नागरिकता दिने प्रक्रिया अन्त्य गर्ने पक्षमा छन्। बाइडेनद्वारा स्थापित शरणार्थी पुनर्वास कार्यक्रम र प्रवासन प्राथमिकतालाई खारेज गरिने संकेत ट्रम्पले गरेका छन्। उनले सुरक्षा र सीमा व्यवस्थापनमा ध्यान दिने बताएका छन्। ट्रम्प निर्वासन सहज बनाउन नयाँ हिरासत कक्षहरू बनाउने पक्षमा छन्।

ट्रम्पले विवादास्पद शून्य सहनशीलता नीति फेरि लागू गर्ने सम्भावना अस्वीकार गरेका छैनन्। यस नीतिअन्तर्गत २०१८ मा हजारौँ आप्रवासी बालबालिकालाई तिनका अभिभावकबाट अलग गरिएको थियो। ट्रम्पले डीएसीए कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। डीएसीए २०१२ मा सुरु गरिएको यस्तो आप्रवासन कार्यक्रम हो। यसले ती आप्रवासी युवालाई अस्थायी सुरक्षा प्रदान गर्दछ, जो बाल्यकालमा कानुनी कागजातबिना अमेरिका प्रवेश गरेका थिए। एएफपीको सहयोगमा

प्रकाशित: ४ मंसिर २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast