पोर्चुगलसँगको बराबरीले क्रोएसिया नेसन्स लिगको क्वाटरफाइनलमा

हिमाल प्रेस ४ मंसिर २०८१ ८:२३ | Tuesday, November 19, 2024
पोर्चुगलसँगको बराबरीले क्रोएसिया नेसन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ- क्रोएसिया यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

पोर्चुगलसँग सोमबार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो। पोर्चुगल यसअघि नै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो।

लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।

६५औं मिनेटमा जोस्को ग्भार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो। सोही समूहमा स्कटल्यान्ड पोल्याण्डलाई २(१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।

प्रकाशित: ४ मंसिर २०८१ ८:२३ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast