१० औँ खेलमा नेपाली टोलीले देखेको जित

हिमाल प्रेस २ मंसिर २०८१ ६:४७ | Sunday, November 17, 2024
१० औँ खेलमा नेपाली टोलीले देखेको जित

काठमाडौँ- नेपाली पुरुष फुटबल टोलीले १० औँ खेलमा जित निकाल्न सफल भएको छ।

हिजो शनिबार ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेसँगै जित निकालेको हो। खेलमा नेपालले नेपालले दुवै गोल गरेको थियो।

नेपालका लागि फरवर्ड जिलेस्पीजंग कार्कीले ४६ मिनेटमा पहिलो गोल गरे। डिफेन्डर रोहित चन्दले नेपालको अग्रता दोब्बर पारेका थिए। उनले खेलको ७८ मिनेटमा दोस्रो गोल गरे।

नेपालले दशौँ खेलमा जित निकालेको हो। यस अघि नेपाल लगातार नौ खेलमा जितविहीन बनेको थियो। २०२३ अक्टोबरमा लाओसलाई १-० गोलले पराजित गरेपछि नेपाल नौखेलसम्म जितविहीन बनेको थियो।

प्रकाशित: २ मंसिर २०८१ ६:४७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast