ट्रम्पका पक्षमा ३१२ इलेक्टोरल कलेज भोट

हिमाल प्रेस २५ कार्तिक २०८१ १०:५२ | Sunday, November 10, 2024
ट्रम्पका पक्षमा ३१२ इलेक्टोरल कलेज भोट डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ– अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले एरिजोनामा पनि जित हासिल गरेका छन्। यो राज्यमा जितेपछि उनलाई सबै स्विङ राज्यहरूमा जितको सफलता दिलाएको छ। यससँगै ट्रम्पको ३१२ इलेक्टोरल कलेज भोट पुगेको बीबीसीले जनाएको छ। उनका प्रतिद्वन्द्वी कमला ह्यारिसको कुल २२६ इलेक्टोरल कलेज भोट पाएकी छन्।

अमेरिकाको दक्षिण-पश्चिमी राज्य एरिजोनामा चार दिनसम्म मतगणना भएको थियो। परिणाम आइतबार सार्वजनिक गरिएको हो। नोभेम्बर ५ मा सार्वजनिक चुनावी परिणाममा ट्रम्प विजयी भएका थिए। उनी दोस्रो पटक अमेरिकाको राष्ट्रपति चुनिएका हुन्।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकामा ५० राज्य छन्। ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल संख्या ५३८ छ। कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।

उनीसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्। यसपटक उपराष्ट्रपतिमा जेडी भान्स निर्वाचित भएका छन्। रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहायोका सिनेटर हुन्।

अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ‘इलेक्टोरल कलेज’ भनिने निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ। त्यसकै आधारमा परिणामको छिनोफानो हुने व्यवस्था छ।

मतदाताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने ‘इलेक्टोरल कलेज’ अर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिहरूलाई जान्छ। यो समूहमा रहेका व्यक्तिलाई ‘इलेक्टर’ भनिन्छ। उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो। कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो।

निर्वाचनलाई निर्णायक नतिजा दिने राज्यहरूलाई स्विङ स्टेट भनिन्छ। ती राज्यहरू रिपब्लिकन वा डेमोक्रेटिक पार्टी नभनेर उम्मेदवार हेरी निर्णायक मत दिन्छन्। अमेरिकामा एरिजोना, जर्जिया, मिसिगन, नेवाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कान्सिन राज्यलाई स्विङ स्टेट मानिन्छ।

प्रकाशित: २५ कार्तिक २०८१ १०:५२ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast