कमलालाई पश्चिम एसिया युद्धको झड्का लाग्ने संकेत

हिमाल प्रेस १९ कार्तिक २०८१ २१:२१
58
SHARES
कमलालाई पश्चिम एसिया युद्धको झड्का लाग्ने संकेत

काठमाडौँ- मंगलबार पूर्वी र पश्चिम एसियामा साँझ पर्दै जाँदा अमेरिकीहरू नयाँ राष्ट्रपति चुन्न जुरमुराइरहेका हुनेछन्। पहिलोपटक महिला राष्ट्रपति कमला ह्यारिस चुन्ने कि चार वर्षपछि पुनः डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा ल्याउने भन्ने टुंगो अमेरिकीहरूले लगाउनेछन्। राष्ट्रपति पदका उम्मेदवारमध्ये कमला डेमोक्रेटिक पार्टीकी हुन् भने ट्रम्प रिपब्लिकन।

कतिपय डेमोक्रेटिक पार्टीको प्रभाव भनिएको राज्यमा पश्चिम एसियाको युद्धका विषयमा स्पष्ट हुन नसकेको भन्दै राष्ट्रपति जो बाइडनसमक्ष आक्रोश पोखिरहेका छन्। कमला बाइडन प्रशासनको उपराष्ट्रपति पनि हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार चुनावका विषयमा अमेरिकी अरब समुदाय अन्योलमा छन्। उनीहरूले कहाँ भोट दिने भन्ने अझै निश्चित गरेका नगरेको समाचारमा जनाइएको छ। ट्रम्प निर्वाचित भएमा पश्चिम एसियामा केही शान्ति विश्वास उनीहरूमा छ। मत सर्वेक्षणले ट्रम्प र कमलाबीच निकै प्रतिस्पर्धा रहेको देखाएको छ।

मिसिगन डेमेक्रेटिक स्विङ राज्यमध्ये एक थियो। ५ इलेक्टोरल मत रहेको उक्त राज्यमा अरब मूलका अमेरिकीहरू एक स्थानमा नहुँदा जे पनि हुन सक्ने अवस्था रहेको बीबीसी अरबिकका संवाददाता रफिद जबैरीले उल्लेख गरेका छन्। उनका अनुसार ट्रम्प निर्वाचित भएमा पश्चिम एसियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बोलवाला चल्नेछ।

अमेरिकामा रहेका अरबिकहरूले ७ अक्टोबर २०२३ मा हजारौँ सर्वसाधारणको ज्यान गएको घटनालाई भुलेका छैनन्। त्यस दिन हमासले इजरायलमा आक्रमण गरेपछि अरब शान्त हुन सकेको छैन। इजरायलले पनि अरबको आतंकवाद उन्मूलन गर्न भन्दै सबैतिर हमला गर्न थालेपछि अमेरिका चुप रहेको भन्दै अमेरिकी अरबहरू बाइडन प्रशासनप्रति निराश भएका हुन्।

त्यसैले उनीहरूले मिसिगनमा २०१६ मा झैँ ट्रम्पलाई च्नुन्ने प्रबल सम्भावना रहेको बुझाइ विश्लेषकहरूको छ। अरबी मूलको ठूलो जनसंख्या रहेको स्थानमा केही अरबिकहरू अमेरिकाको वर्तमान नेतृत्वसँग सन्तुष्ट नहुनेबित्तिकै सबै मत ट्रम्पलाई जान सक्ने देखिन्छ। अमेरिकी अरब नागरिकहरूले नतिजालाई प्रभावित तुल्याउन सक्छन्। २०१६ मा ट्रम्पले १० हजार मतले जितेर स्विङ गरेका थिए। त्यस्तै २०२० मा बाइडनले एक लाख मतको अन्तरले।

अमेरिकाभर रहेका हजारौँ अमेरिकी अरबहरूको राजनीतिक संलग्नता र प्राथमिकता फरक भए पनि इजरायलका विषयमा उनीहरू एकै स्थानमा उभिने निश्चित छ। हुन त निर्वाचनमा अमेरिकाको विविधतायुक्त सांस्कृतिक पृष्ठभूमि र घरेलु नीति मुख्य निर्णायक हुन्छ। तर पनि विदेश नीतिको प्रभाव यस्ता राज्यमा पर्दा चमत्कार पनि हुन सक्ने धेरैको बुझाइ छ। मिसिगनमा साढे दुई लाख बढी अरब मूलका अमेरिकी मतदाता छन्।

अमेरिकी अरबहरू एकै मुद्दामा सबै एक हुने त होइनन् तर पनि यो निर्वाचनलाई उनीहरूले फरक ढंगबाट लिएका छन्। गाजामा युद्ध भएदेखि यसमा परिवर्तन आएको छ र मध्यपूर्वको विषय अहिले धेरै अमेरिकी अरबहरूको चासोमा छ।

कमलाले इजरायलको मुद्दालाई लामो समयदेखिको समर्थन दोहोर्‍याइरहेकी भए पनि युद्धविरामको दिशामा काम गर्ने प्रतिबद्धता जनाउँदै अमेरिकी अरब समुदायको भोटको आश गरेकी छन्। उनले प्यालेस्टिनीहरूको सुरक्षा, स्वाभिमान र आत्मनिर्णयको अधिकारका पक्षमा बोलेर पनि अमेरिकी अरबलाई आफूतर्फ तान्ने प्रयास गरेकी हुन्।

अर्कातर्फ कमलाको आप्रवासन नीतिलाई धेरैले मुस्लिमविरोधी र अरबविरोधीका रूपमा हेरे पनि ट्रम्पलाई अमेरिकी अरबहरूले सहयोग गर्ने देखिन्छ। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुसँगको ट्रम्पको निकटता देखिँदासम्म पनि उनले आश्चर्यजनक रूपमा अरब मतदाताको समर्थन प्राप्त गरिरहेको अमेरिकामा रहेर पत्रकारिता गरिरहेकाहरूको दाबी छ।

ट्रम्पले भन्दै आएका छन्, ‘म राष्ट्रपति छँदा कुनै युद्ध भएको थिएन। पदमा भएमा युक्रेन र मध्य पूर्वका युद्धहरू टार्न सक्थेँ।’ उनको यो अभिव्यक्तिले द्वन्द्वबाट थकित मानिसहरूलाई छोएको छ र उनले त्यहीअनुरुप मत पाउने कतिपयको बुझाइ छ।

मिसिगनमा ट्रम्पको बढ्दो आकर्षण देखिए पनि डेमोक्रेटिक पार्टीले हार मानेको चाहिँ छैन। मिसिगनमा डेमोक्रेटिक क्लबको नेतृत्व गर्दै आएकाहरूले कमलाले अझै अरब मतदाताको मन जित्न सक्ने बताइरहेका छन्।

निर्वाचनलाई इतिहासकै कडा टक्कर भनिए पनि पत्रपत्रिका एकअर्काको प्रचारमा लागि सकेकाले यसको सर्वेक्षण यही हो भन्न गाह्रो छ। पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन ट्रम्पभन्दा डेमोक्रेटिक कमला अगाडि छन्। सर्वेक्षणहरूमा रिपब्लिकनतिर ४७ र डेमोक्रेटतिर ४८ प्रतिशत मत देखाइएको छ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ इलोक्टोरलमध्ये २ सय ७० ल्याउनुपर्ने हुन्छ। ५० राज्यमा जनसंख्याका आधारमा तय गरिएको इलेक्टोरल कलेज अर्थात् निर्वाचन मण्डलमा आधारित भएर आउनेछ। किनभने ५० राज्यमा ५ सय ३५ र संघीय राज्य रहेको डिस्ट्रिक्ट अफ कोलम्बिया डीसीमा तीन इलोक्टोरल मत रहन्छ।

सर्वेक्षणका आधारमा मात्र प्रस्ट नभई समग्र निर्वाचनको परिणाम निर्धारण गर्ने केही राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को नाम दिइन्छ। अहिलेको राष्ट्रपति निर्वाच्नमा ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ।

सूचीमा रहेका ती राज्य हुन्, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, नर्थ क्यारोलिना, जोर्जिया, मिसिगन, विस्कन्सिन र नाभादा। सर्वेक्षणहरूले कमलाले क्यालिफोर्नियाको ५४, न्युयोर्कको २८ र इलिनोई राज्यको १९ सहित २ सय २६ इलेक्टोरल मत आउने देखाएका छन्। राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक पर्छ।

ट्रम्पले टेक्सासको ३८, फ्लोरिडाको ३० र ओहायो राज्यको १७ सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत ल्याउने सर्वेक्षणहरूले देखाएका छन्। यसका आधारमा राष्ट्रपतिमा निर्वाचित हुन ट्रम्पलाई थप ५१ इलेक्टोरल मत चाहिन्छ।

मिसिगनमा १५, पेन्सिलभेनियामा १९, एरिजोनामा ११, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, विस्कन्सिनमा १० र नाभादामा ६ गरी ‘ब्याटलग्राउन्ड स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ। यीमध्ये मिसिगन र विस्कन्सिनबाहेक अन्य पाँच राज्यमा ट्रम्प अगाडि देखिएका छन्। पछिल्लो दिनमा मिसिगनमा पनि उनको प्रभाव बढ्न थालेको छ।

निर्वाचनबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदनका सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन्। अमेरिकाको आवधिक निर्वाचनमा बाह्य भन्दा भित्री मुद्दा महत्त्वपूर्ण रहन्छ। दुई नेताले उभिएर दिने भाषणले पनि अर्थ राख्छ।

यसपटको भाषणमा ट्रम्प अगाडि रहेको देखिएको थियो। किनभने घरेलु मुद्दामा मात्र होइन पश्चिम एसिया अर्थात् अरब र रुस-युक्रेन युद्धलाई रिपब्लिकनले मात्र साम्य पार्न सक्ने बुझाइ अमेरिकीको छ। दी इकोनोमिस्टले भने सामाजिक परिवेश, आर्थिक परिवेश र आर्थिक सामाजिक परिवेशलाई राखेर मूल्यांकन गर्दा कमलालाई माथि राखेको छ।

प्रकाशित: १९ कार्तिक २०८१ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =