वीरगञ्ज नाकाबाट घट्यो आयात-निर्यात

हिमाल प्रेस ११ कार्तिक २०८१ ८:५८ | Sunday, October 27, 2024
वीरगञ्ज नाकाबाट घट्यो आयात-निर्यात

वीरगञ्ज- वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ। चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबरका मालसामान आयात भएका छन्।

गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरका सामान आयात भएका थिए।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो। तीन महिनामा समग्रमा राजस्व संकलन भने बढेको छ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार रुपैयाँ मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए।

प्रकाशित: ११ कार्तिक २०८१ ८:५८ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast