२४औँ आहा! रारा पोखरा गोल्डकप माघमा हुने

हिमाल प्रेस ८ कार्तिक २०८१ १९:४४
6
SHARES
२४औँ आहा! रारा पोखरा गोल्डकप माघमा हुने

पोखरा- २४औँ संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को मिति तय भएको छ। मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।

नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा! रारा गोल्डकप हो। समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।

क्लबले पोखरा-१७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ। हाल चौथो ब्याजको रूपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरू छन्।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरूको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए।

गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन्। विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित: ८ कार्तिक २०८१ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =