धरानमा कार्यवाहक मेयर तोकिएका फागोले गरे अदालतको आदेश अवज्ञा

हिमाल प्रेस ५ कार्तिक २०८१ १८:३७
26
SHARES
धरानमा कार्यवाहक मेयर तोकिएका फागोले गरे अदालतको आदेश अवज्ञा

इटहरी – धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर तोकिएका लोकेन्द्रकुमार फागोले अदालतको आदेशको अवज्ञा गरेका छन्।

उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले धरान ११ का वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। कार्यवाहकको जिम्मेवारी दिए पनि उच्च अदालत विराटनगरले आइतबार उनलाई जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।

उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिए पनि फागोले सोमबार कार्यवाहककै हैसियतमा काम कारबाही गरेका छन्।

उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन्। यता, वडाध्यक्ष फागोले भने प्रमुखविहीन हुन नहुने भन्दै कार्यवाहकको काम गरेको बताए। यद्यपि, अदालतबाट पत्र आफूलाई प्राप्त भएपछि मात्रै काम नगर्ने बताए। उनले भने, ‘प्रमुखविहीन हुँदा जनताले दुःख पाउँछन् भनेर कार्यवाहक रहेको हुँ।’

अदालतको आज्ञा पालना नगरी अवज्ञा गरेमा अदालतको अवहेलना हुने कानुन व्यवसायीहरूको तर्क छ। अदालतको आदेश अवज्ञा गरेमा न्याय प्रशासन ऐनको दफा ७२ को २, ४, १८ मुलुकी अपराध संहिता र ऐनको ८७, ८८ मुलुकी फौजदारी संहिता दफा ५५ को १ (क) बमोजिम निजलाई सजाय वा जरिवाना दुवै आकर्षित हुने जानकारहरू बताउँछन्। मुद्दाको अर्को सुनुवाइ मंगलबार हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =