‘ज्वाइँ साब’ ले १० दिनमा कमायाे ३ करोड २५ लाख

हिमाल प्रेस ४ कार्तिक २०८१ १२:३२
8
SHARES
‘ज्वाइँ साब’ ले १० दिनमा कमायाे ३ करोड २५ लाख

काठमाडौँ- गत असोज २४ गते फूलपातीदेखि प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ ले १० दिनमा ३ करोड २५ लाखको ग्रस कलेक्सन गरेको छ। निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको हाे।

यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो। फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ।

रेड आइ फिल्मसको ब्यानरमा निर्मित फिल्ममा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ।

विजय बस्याल कार्यकारी निर्माता रहेकाे  फिल्म शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीतमा बनेकाे छ।

प्रकाशित: ४ कार्तिक २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =