कांग्रेस नेता महर भन्छन् : दानबापत एमालेले लिएको जग्गा फिर्ता गर्ने घोषणा गरोस्

हिमाल प्रेस ३० असोज २०८१ १३:२२
6
SHARES
कांग्रेस नेता महर भन्छन् : दानबापत एमालेले लिएको जग्गा फिर्ता गर्ने घोषणा गरोस् नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन्।

कांग्रेसका सम्पर्क समितिहरूसँगको बानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको स्मरण गर्दै प्रधानमन्त्रीले कसैबाट दान लिनु सुशासनको खिलाप हुने भएकाले जनतामा आशा जगाउन तत्काल सो जग्गा फिर्ता गर्न आग्रह गरेका हुन्।

दानकर्ता मीनबहादुर गुरुङ दम्पतीप्रति आफूहरूको कुनै आग्रहपूर्वाग्रह नरहेको बताउदै नेता महरले गुरुङ दम्पतीले अस्पताललगायत ठाउँमा दान गरिरहेका दानविर व्यवसायीसमेत रहेको बताए। तर, व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभएसम्म कुनै पनि राजनीतिक दलले सहयोग लिनु बदनियतपूर्ण काम हुने महरको भनाइ छ।

अदालतले दोष ठहर नगरेसम्म सम्बन्धित व्यक्ति निर्दोष रहन्छ भन्ने कानुनी मान्यता भए पनि ललितानिवासको सरकारी जग्गा प्रकणमा गुरुङलगायतको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिएर त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन् भनेर जनताले नै प्रधानमन्त्रीमाथि प्रश्न उठाउने नेता महरको टिप्पणी छ।

प्रकाशित: ३० असोज २०८१ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =