अन्तरसिनेमा फुटसल प्रतियोगिता : क्यूएफएक्स सिनेमाज र रञ्जना सिनेप्लेक्स फाइनलमा

हिमाल प्रेस ७ असोज २०८१ २१:४३
28
SHARES
अन्तरसिनेमा फुटसल प्रतियोगिता : क्यूएफएक्स सिनेमाज र रञ्जना सिनेप्लेक्स फाइनलमा

काठमाडौँ- अन्तर सिनेमा फुटसल प्रतियोगितामा क्युएफएक्स सिनेमाज र रञ्जना सिनेप्लेक्स फाइनलमा प्रवेश गरेका छन्। बीएसआर मुभिजलाई हराउँदै क्यूएफएक्स र वान सिनेमाजलाई हराउँदै रञ्जना सिनेप्लेक्स फाइनलमा प्रवेश गरेका हुन्।

सोमबार भएको खेलमा बीएसआर मुभिजविरुद्ध ४-२ को गोलअन्तरले क्यूएफएक्स विजयी भयो। त्यस्तै अर्को खेलमा वान सिनेमाजलाई रञ्जना सिनेप्लेक्सले ३–१ गोलअन्तरले हरायो। फाइनल खेल मंगलबार हुनेछ।

मनेन्ट भेन्चर्सले आयोजना गरेको प्रतियोगितामा ९ सिनेमा हलले सहभागिता जनाएका थिए।

प्रकाशित: ७ असोज २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =