सहरमा आज : नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस ५ असोज २०८१ ६:२४
14
SHARES
सहरमा आज : नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

काठमाडौँ- असोजको पहिलो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता कहाँ के हुँदैछ त?

शिल्पीमा ‘मुक्कुमलुङ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ देखि नाटक ‘मुक्कुमलुङ’मञ्चन भइरहेको छ। नाटक डा। चित्र मावोको चर्चित कृति ‘डोलीभार्ना’ मा आधारित छ। प्राज्ञ। राजन मुकारुङले नाटकको नाट्य रूपान्तरण गरेका छन्।

हाल पाथीभराको नामले चिनिने स्थान प्रचीनकालमा मुक्कुमलुङ डाँडा रहेको भन्दै नाटकमार्फत उक्त ठाउँको नाम रैथाने नाम कायम गर्न माग गरिएको छ। ‘मुक्कुमलुङ’ लिम्बूको जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा विश्वास र आस्थाको धरोहर मानिन्छ। नाटक यही असोज २० सम्म मञ्चन हुनेछ।

रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रपमला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राईको अभिनय छ।

मंगलबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः१५ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुँदैछ।

मण्डलामा ‘अगम’
थापागाउँस्थित मण्डला थिएटरमा असोज १ देखि नाटक ‘अगम’ मञ्चन भइरहेको छ। आज नाटकको दुई सो हुँदैछ। दिउँसो १२ बजे र साँझ ४ बजे।

प्रितिशा अधिकारीको लेखन र निर्देशनमा बनेको नाटक सन्तान प्राप्तिका लागि एक दम्पत्तीले गरेको संघर्षको कथामा आधारित छ। नाटकमा कलाकार सन्दीप श्रेष्ठ, शकु शाह, सुस्मिता पोखरेल, दीपेश काफ्ले, सनम गिरी,सुनिल राई, पुकार चाँपागाईं र अग्निको अभिनय छ।

‘निब’
मण्डलामै अर्को नाटक ‘निब मञ्चन भइरहेको छ। गणेश प्रसाद पौडेलको लेखन र विशाल कुमार केसीको निर्देशनमा बनेको नाटकको आज अन्ति सो हुँदैछ। नाटक आज दिउँसो १ः३) बजे र बेलुका ५ः३) बजेको दुई सो हुँदैछ।
नाटक मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र मनकला कल्चर एण्ड क्रियसनको प्रस्तुतिमा निर्माण भएको हो।

नाटकले यसवर्ष हरिप्रसाद कल्याणी रिमाल महोत्सव २०८१ को उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता जितेको थियो।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

खुस्मा
अशोक थापा मगरको लेखन र निर्देशनमा बनेको फिल्म ‘खुस्मा’ असोज ३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा धीरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्।
मगर समुदायको परिवेशमा निर्माण भएको फिल्म जनयुद्धको समयको प्रेम कथामा आधारित छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मलमा फिल्मको २४ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा ‘खुस्मा’ प्रदर्शन भइरहेको छ।

शाम्बाला
भदौ २८ देखि फिल्म ‘शाम्बाला’ प्रदर्शन भइरहेको छ। मीनबहादुर भाम निर्देशित फिल्ममा बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता पत्नि खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा, लोटन निमलिङ, जंगबहादुर लामा लगायतका कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २९ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स ‘शाम्बाला’ चलिरहेको अन्य हल हुन्।

रावायण
भदौ २१ देखि हलमा फिल्म ‘रावायण’ प्रदर्शन भइरहेको छ। रावणको प्रेम र द्वन्द्वको कथा प्रस्तुत गरिएको फिल्मका निर्देशक सुदर्शन थापा हुन्। फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावललगायतको अभिनय छ।
शनिबार उपत्यकाको बिएसआर मुभिजको सो छ।

घरज्वाइँ
फिल्म ‘घरज्वाइँ’ असार २८ देखि प्रदर्शन भइरहेको छ। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको एक सो छ।

ट्रान्सफर्मर वान
हलिउड फिल्म ‘ट्रान्सफर्मर वान’ असोज ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा निर्देशक जोश कूली हुन्। फिल्ममा क्रिस हेम्सवर्थ, ब्रायन टायरी हेनरी, स्कारलेट जोहानसनलगायतको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको १५ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।

द ब्वाइ एण्ड हेरोन
असोज ४ देखि नेपालमा ‘द ब्वाइ एण्ड हेरोन’ प्रदर्शन भइरहेको छ। एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक हयो मियाजकी हुन्।।
फिल्ममा सोमा सन्तोकी, मासाकी सुडा, को शिबासाकी आइम्योनलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र सिटी स्वायर मलमा ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

जंग कोकः आइ एम स्टिल
संगीत जनरामा बनेको फिल्म ‘जंग कोकः आइ एम स्टिल’ असोज ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक जुन.सो. पार्क हुन्।।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको दुई सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

द ग्रेटेस्ट अफ द टाइम
फिल्म ‘द ग्रेटेस्ट अफ द टाइम’ भदौ २१ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा दक्षिण भारतीय अभिनेता थलापति विजयको मुख्य भूमिका छ।
वेंकट प्रभुले निर्देशन गरेको फिल्ममा मीनाक्षी चौधरी, जयराम, स्नेहा, लैला, योगी बाबू, विटिवी गणेश, अजमललगायत कलाकार अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ४ सो छ।
आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, ‘द ग्रेटेस्ट अफ द टाइम’ चलिरहेको अन्य हल हुन्।

स्त्री २
साउन ३१ देखि नेपाली हलमा हिन्दी फिल्म ‘स्त्री’ प्रदर्शन भइरहेको छ। श्रद्दा कपुर र राजकुमार रावको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक अमर कौसिक हुन्। फिल्म हरर र कमेडी जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको ७ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, मा फिल्म ‘स्त्री २’ चलिरहेको छ।

प्रकाशित: ५ असोज २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =