सहरमा आजः भदौ अन्तिम शनिबार कहाँ के हुँदैछ?

हिमाल प्रेस २९ भदौ २०८१ ६:३२
32
SHARES
सहरमा आजः भदौ अन्तिम शनिबार कहाँ के हुँदैछ?

काठमाडौँ- भदौको अन्तिम शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता कहाँ के हुँदैछ त?

आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभल
बबरमहलस्थित नेपाल कला परिषद्मा भदौ २३ देखि सातौँ हिमालयन आर्ट फेस्टिभल चलिरहेको छ। फेस्टिभलमा १२० कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ। फेस्टिभलको आज अन्तिम दिन हो।

प्रदर्शनीमा नयाँ पुस्तादेखि ८४ वर्षसम्मका वरिष्ठ कलाकारका चित्रकला, मूर्तिकला, पौभा, सेरामिक आर्ट, इन्स्टलेसन र केही फोटोग्राफी कला पनि राखिएको छ।

ई–आट्र्स नेपालले आयोजना गरेको प्रदर्शनीमा वत्सगोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ, मनिषलाल श्रेष्ठ, जुपिटर प्रधान, रवीन्द्र श्रेष्ठ, लय मैनाली, देवेन्द्र सिंख्वाल, कृष्ण मानन्धर, किरण मानन्धर, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, संगी श्रेष्ठ, भाइराज महर्जन, प्रमिला बज्राचार्य, विधाता केसी, सागर मानन्धर, सरिता डंगोल, इशान परियार, सुन्दर लामा, पूजा दुवाल, हितेष वैद्य, विप्लव प्रतीक, वाङ लामालगायत कलाकारको कला अवलोकन गर्न सकिनेछ।

शिल्पीमा ‘सोरठी’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि नाटक ‘सोरठी’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। आज दिउँसो १ बजे र साँझ ५ः ३० बजेको दुई सो हुँदैछ।  प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित नाटकमा मगर समुदायको कथा प्रस्तुत गरिएको छ।

उपन्यासका लेखक सञ्जय काउछा मगर हुन्। नाट्यकर्मी संगीता थापामगरले परिकल्पना र निर्देशन गरेकी छन्। यो उनको डेब्यु निर्देशन हो। निर्देशनमा संगीतासँगै लेखक सञ्जयको पनि सहकार्य छ।

नाटकमा कलाकार कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्वम मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवारको अभिनय छ।

कौसीमा ‘काँचो धागो’
टेकुस्थित कौसी थिएटरमा भदौ ६ देखी नाटक ‘काँचो धागो’ मञ्चन भइरहेको छ। नाटक मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग सम्बन्धित छ।

आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा बनेको नाटकका लेखक रंगकर्मी मुक्ति हुन्। यो उनको पहिलो नाटक लेखन हो। नाटक मञ्चनको आज अन्तिम दिन दुई सो हुनेछ। दिउँसो १ बजे र साँझ ५ः१५ बजे।

नाटकमा लेखक मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल ,निष्ठा त्रिपाठी ,पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय छ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म
शाम्बाला
भदौ २८ देखि फिल्म ‘शाम्बाला’ प्रदर्शन भइरहेको छ। मीनबहादुर भाम निर्देशित फिल्ममा बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता पत्नि खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा, लोटन निमलिङ, जंगबहादुर लामा लगायतका कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्समा फिल्मको ३१ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स ‘शाम्बाला’ चलिरहेको अन्य हल हुन्।

वीर जरा
भदौ २८ देखि नेपालमा बलिउड फिल्म ‘वीर जारा’ पुनः प्रदर्शन भइरहेको छ। फिल्ममाशाहरुख खान, रानी मुखर्जी र प्रीति जिन्टा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक यश चोपडा हुन्। आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा चलिरहेको छ।

द ग्रेटेस्ट अफ द टाइम
फिल्म ‘द ग्रेटेस्ट अफ द टाइम’ भदौ २१ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा दक्षिण भारतीय अभिनेता थलापति विजयको मुख्य भूमिका छ।
वेंकट प्रभुले निर्देशन गरेको फिल्ममा मीनाक्षी चौधरी, जयराम, स्नेहा, लैला, योगी बाबू, विटिवी गणेश, अजमललगायत कलाकार अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मलमा फिल्मको १६ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स फिल्म ‘द ग्रेटेस्ट अफ द टाइम’ चलिरहेको अन्य हल हुन्।

रावायण
भदौ २१ देखि हलमा फिल्म ‘रावायण’ प्रदर्शन भइरहेको छ। रावणको प्रेम र द्वन्द्वको कथा प्रस्तुत गरिएको फिल्मका निर्देशक सुदर्शन थापा हुन्। फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावललगायतको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको नौ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म ‘रावायण’ चलिरहेको छ।

डिटेक्टिभ कोनान : द मिलियन डलर पेन्टाग्राम
भदौ २८ देखि नेपालमा जापानीज फिल्म ‘डिटेक्टिभ कोनान : द मिलियन डलर पेन्टाग्राम’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक चिका नागायोका हुन्। फिल्ममा बन्जो जिका, हिकारु हानडा, टोमो हन्डालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

देवी
भदौ २१ फिल्म ‘देवी’ हलमा प्रदर्शन भइरहेको छ। क्राइम थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्म समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनाको अनुसन्धानमा कानुनको भूमिका र त्यसले निम्त्याउने परिणामको कथामा आधारित छ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको दुई सो छ।

वर एण्ड वधु
भदौ १४ देखि हलमा आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड वधु’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक मिलन चाम्स हुन्। रोमान्टिक र ड्रामा जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र रञ्जना हलमा फिल्मको चार सो छ।

घरज्वाइँ
फिल्म ‘घरज्वाइँ’ असार २८ देखि प्रदर्शन भइरहेको छ। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको एक सो छ।

स्त्री २
साउन ३१ देखि नेपाली हलमा हिन्दी फिल्म ‘स्त्री’ प्रदर्शन भइरहेको छ। श्रद्दा कपुर र राजकुमार रावको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक अमर कौसिक हुन्। फिल्म हरर र कमेडी जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको १७ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘स्त्री २’ चलिरहेको छ।

प्रकाशित: २९ भदौ २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =