तनहुँमा तीन सय बढी क्षयरोगी

हिमाल प्रेस २७ भदौ २०८१ १५:०९
10
SHARES
तनहुँमा तीन सय बढी क्षयरोगी

तनहुँ- क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि)द्वारा औषधी सेवन गराइएको छ। दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८ डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइएको छ।

हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन्। उनले भने, ‘डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ। जिल्लाका दशवटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन्। बिरामीले आफूलाई पायकपर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गर्ने छन्।’

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी रहेका छन्।

त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी रहेका छन्। उनका अनुसार गतवर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ। ती मध्ये ६ महिला र आठ पुरुष रहेका छन्। क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधी वितरण भइरहेको छ।

निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सक बताउँछन्। नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ।

प्रकाशित: २७ भदौ २०८१ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast