कोशीका पूर्व मुख्यमन्त्री कार्कीले पुनः सुरु गरे अनशन, स्थान भने फेरियो

हिमाल प्रेस २५ भदौ २०८१ २२:३१ | Tuesday, September 10, 2024
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले पुनः सुरु गरे अनशन, स्थान भने फेरियो

इटहरी- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की पुनः आमरण अनशन सुरु गरेका छन्। कोशी प्रदेशसभा सचिवालयअगाडि अनशनमा बसेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित घरमा पुर्‍याएको थियो। तर घरमा नबसिकन फर्किएर आएका उनी देवकोटा चोकनजिक अनशन बसेका छन्। उनले यसअघिको स्थान फेरेर पुनः अनशन सुरु गरेका हुन्।

यसअघि निषेधित क्षेत्रमा अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो। अनशनस्थल फर्किएका कार्कीलाई प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन्।

अनशनस्थलबाट कार्कीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो। सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन।

कार्कीको अनशन रोक्नका लागि निषेधित क्षेत्र तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ‘क’ बमोजिम मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा जारी गरेका थिए। तर सो क्षेत्रमै कार्कीले अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की प्रहरीको नियन्त्रणमा, अनशनस्थल तनावग्रस्त

प्रकाशित: २५ भदौ २०८१ २२:३१ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast