पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान

हिमाल प्रेस २३ भदौ २०८१ १५:५०
14
SHARES
पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान

काठमाडौँ- हालै सम्पन्त पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ। आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले पाँचलाख रुपैयाँसहित सम्मान गरेको हो।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले पलेशालाई पाँच लाखको चेकसहित प्रदान गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।

प्रकाशित: २३ भदौ २०८१ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =