काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संकटा फुटबल क्लबलाई ४-० ले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो।
खेलको १९ औँ मिनेटमा आर्मीले सावित्रीदेवी मगरको गोलमार्फत सुरुआती अग्रता लियो। त्यस्तै खेलको ६१ औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि गोल थपिन् भने खेलको ७१ औं मिनेटमा आर्मीका लागि विमलाले अर्को गोल गरिन्।
खेलको ७६ औँ मिनेटमा अनिता लम्जेलले गोल गर्दै आर्मीलाई ४-० को जित दिलाइन्। जितसँगै आर्मीले तीन अंक बटुलेको छ। एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता छ।
प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।
प्रकाशित: १९ भदौ २०८१ १७:५३
प्रतिक्रिया