पारा ओलम्पिक: नेपालकी पलेशा क्वार्टरफाइनलमा

हिमाल प्रेस १४ भदौ २०८१ १५:४३
24
SHARES
पारा ओलम्पिक: नेपालकी पलेशा क्वार्टरफाइनलमा

काठमाडौँ- नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन्। के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालिन्।

पलेशाले क्वार्टरफाइनलमा आजै ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्। उक्त खेल दिउँसाे ४ बजेपछि सुरु हुनेछ। पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

पेलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ। त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast