‘पिताम्बर’को छायांकन सुरु

हिमाल प्रेस १२ भदौ २०८१ ११:१३
4
SHARES
‘पिताम्बर’को छायांकन सुरु

काठमाडौँ- फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ। बालाजुस्थित एनएफडीसी ल्याबबाट छायांकन सुरु भएको हो। फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन्।

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि सिनेमाको छायांकनमा जोडिने छन्।

केही दिनमा काठमाडौँको छायांकन सकेर सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ। सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थियो। ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकीय सिनेमा हो। यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ।

फिल्ममा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको अभिनय रहने छ।

सिनेमामा अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिने छन्। केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन्।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड बताइएको छ।

प्रकाशित: १२ भदौ २०८१ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =