साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

हिमाल प्रेस १२ भदौ २०८१ ८:२७ | Wednesday, August 28, 2024
साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

म्याग्दी- साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। बुधबार दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो।

बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो। नेपालले समूह चरणमै बंगलादेशलाई पराजित गरेको थियो त्यसकारण फाइनल खेल नेपालका लागि केही सहज हुनेछ। त्यसकारण नेपाल आज तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहनेछ।

प्रकाशित: १२ भदौ २०८१ ८:२७ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast