ला लिगामा रियलको जित

हिमाल प्रेस १० भदौ २०८१ ६:४३ | Monday, August 26, 2024
ला लिगामा रियलको जित

काठमाडौँ- रियल भल्लाडोलिडलाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगामा पहिलो जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा रियलले भल्लाडोलिडलाई ३–० को फराकिलो अन्तरले हराएको हो।

खेलको पहिलो हाफमा गोलका लागि निकै संर्घष गरेको रियलले दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो। खेलको ५०औँ मिनेटमा फेडेरिको भालभर्डेले रियलका लागि गोलको खाता खोलेका थिए।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्रहिम डियाजले ८८औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको छैटौँ मिनेटमा एनरिकले गोल थपेर रियललाई ३–० को अवस्थामा ल्याए। योसँगै रियलले ला लिगामा पहिलो जित दर्ता गरेको हो।

गएराति नै भएको अर्को खेलमा एथलेटिको मड्रिडले जिरोनालाई ३–० कै अन्तरले हराएको छ। खेलको ३९औँ मिनेटमा एन्थोनी ग्रिजम्यानको गोलमा एथलेटिकोले सुरुआती अग्रता बनाएको थियो। खेलको ४८औँ मिनेटमा मार्कोस लोरेन्टको गोलमा एथलेटिकोले अग्रता दोब्बर पार्‍यो। इन्ज्युरी समयमा कोकीले गोल गर्दै एथलेटिको अग्रता फराकिलो पारे।

पहिलो खेलमा बराबरी गरेको एमथलेटिकोले सिजनको पहिलो जित हासिल गरेसँगै ४ अंकमा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान अंक भएको रियल मड्रिड चौथो स्थानमा छ।

प्रकाशित: १० भदौ २०८१ ६:४३ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast