साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

हिमाल प्रेस ७ भदौ २०८१ १९:१७ | Friday, August 23, 2024
साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

काठमाडौं – माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत माल्दिभ्सलाई १–० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्‍यो। भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो। यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ। समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छ भने भूटान उपविजेता बनेको छ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच आइतबार प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन्। यो खेल सोमबार हुनेछ।

प्रकाशित: ७ भदौ २०८१ १९:१७ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast