युएनडीपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा परराष्ट्र मन्त्रालयमा ओहदाको प्रमाणपत्र प्रस्तुत

हिमाल प्रेस ७ भदौ २०८१ १८:२३
10
SHARES
युएनडीपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा परराष्ट्र मन्त्रालयमा ओहदाको प्रमाणपत्र प्रस्तुत परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युएनडीपीकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुका

काठमाडौँ– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का नवनियुक्त आवासीय प्रतिनिधिक्योको योकोसुकाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा योकोसुकाले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्।

परराष्ट्रमन्त्री राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार रयुएनडीपीबीच दिगो विकास लक्ष्य हासिल गर्ने तर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहनागरिन्। मन्त्री राणाले भनिन्, ‘सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बावजुदनेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ। कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुनेक्रममा नेपाललाई आर्थिक रुपमा सबल र दीगोका साथै, सामाजिक रुपमा समावेशी बनाउन युनएनीडीपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ।’

दिगो विकास लक्ष्यहरू हासिल गर्न युएनडीपी प्रतिबद्ध रहेका योकोसुकाले बताइन्। उनले भनिन्,‘उत्थानशिलताको निर्माण, रोजगारी सिर्जना र प्रजातान्त्रिक शासन व्यवस्थाको प्रवद्र्धन् गर्ने क्षेत्रमा कार्यशील युएनडीपी सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यमा राष्ट्रिय विकास प्राथमिकताहरूलाई सम्बोधन गर्न र “कैसलाई पनिपछाडि नछाड्ने”े वाचा पूरा गर्न तत्पर छ।’

विभिन्न नेतृत्वदायी भूमिकामा रहेर अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा काम गरेको योकोसुकासँग २५ बर्ष भन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ। नेपालका लागि नियुक्त हुनुअघि उनी जर्मनीको बोनस्थित यूएन भल्यून्टिर्यस्का लागि उपकार्यकारी संयोजकका रुपमा कार्यरत थिइन्। उनले उज्बेकिस्तान, लाओ गणतन्त्र र बङ्लादेशमा युएनडीपीको उपआवासीय प्रतिनिधि भएर काम गरिसकेकी छन्। संयुक्त राष्ट्रसंघको लामो आवद्धताका क्रममा उनले युएनडीपीका लागि रोमानिया, युरोपस्थित युएनडीपीको क्षेत्रीय कार्यालय र न्यूर्योकस्थित युएनडीपी मुख्यालयमा रहेर काम गरिसकेकी छन्।

जापानकी नागरिक योकोसुकाले यूनिभर्सिटी अफ लण्डनको स्कूल अफ ओरियन्टल एण्ड आफ्रिकन स्टडिजबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन्।

प्रकाशित: ७ भदौ २०८१ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast