भदौ तेस्रो सातादेखि हिमालयन फुटसल

हिमाल प्रेस ५ भदौ २०८१ १५:५५ | Wednesday, August 21, 2024
भदौ तेस्रो सातादेखि हिमालयन फुटसल

काठमाडौँ- हिमालयन फुटबल क्लबको आयोजनामा हिमालयन फुटसल गोल्ड कप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ। प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुने आयोजकले जानकारी दियो।

प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ। प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

गानादा एनुकेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा ३२ भन्दा बढि टिम सहभागी हुने अपेक्षा आयोजकको छ।

प्रकाशित: ५ भदौ २०८१ १५:५५ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast