७४ जिल्लामा फैलियो डेंगु, सबैभन्दा धेरै संक्रमित तनहुँमा

हिमाल प्रेस ४ भदौ २०८१ ११:५६ | Tuesday, August 20, 2024
७४ जिल्लामा फैलियो डेंगु, सबैभन्दा धेरै संक्रमित तनहुँमा डेंगु संक्रमण भएका बिरामी अस्पतालमा। फाइल तस्बिर

काठमाडौँ- यो वर्ष (सन् २०२४) जनवरीयता डेंगी संक्रमण ७४ जिल्लामा फैलिएको छ। अगस्ट १९ सम्म चार हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा डेंगीबाट दुईजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ६६९ जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७८१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।

काठमाडौँमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन्। यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ। मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ।

प्रकाशित: ४ भदौ २०८१ ११:५६ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast