आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका फाइदा

हिमाल प्रेस ३ भदौ २०८१ ८:३७ | Monday, August 19, 2024
आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका फाइदा

काठमाडौँ- आज जनैपूर्णिमा। यस दिनको विशेष खान्की हो, क्वाँटी। परापूर्व कालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। क्वाँटीमा नौ थरी गेडागुडीको मिश्रण हो। चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो।

धार्मिक मान्यता अनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको रातमा क्वाँटी खाने चलन छ। अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो। यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ। साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो। वर्षाको मौसममा खेती किसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व छ।

खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त ऊर्जाको खाँचो हुन्छ। त्यसैको परिपूर्ति गेडागुडी अर्थात् प्रोटिनले गर्छ। प्रोटिनले मांसपेशीलाई स्वास्थ्य राख्ने काम पनि गर्छ। खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ।

यस्ता छन् क्वाँटीका फाइदा?

-कब्जियतको समस्या हटाउँछ। क्वाँटी रेसादार खानाको स्रोत हो।
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एक पटक सल्लाह लिन आवश्यक छ ।
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ।
-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ। यो सजिलै पाच्य हुन्छ।
-पेटमा अनावश्यक वायु बनाउँदैन। क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ। यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ।
-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
-रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।
-क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा सङ्क्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
-पाचनशक्तिमा सुधार ल्याउँछ ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ

प्रकाशित: ३ भदौ २०८१ ८:३७ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast