साफ यू-२० च्याम्पियनसिप : भारत र भुटान भिड्दै

हिमाल प्रेस ३ भदौ २०८१ ८:०८ | Monday, August 19, 2024
साफ यू-२० च्याम्पियनसिप : भारत र भुटान भिड्दै

काठमाडौँ- साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज सोमबार भारत र भुटान भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

समूह ‘बी’ मा रहेको भारत र भुटानले खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछन्। यी टोलीसँगै समू ‘बी’मा मालदिभ्स पनि छ। आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपको सुरुवात गरेको छ।

समूह ‘ए’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: ३ भदौ २०८१ ८:०८ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast