सहरमा आज : थिएटर कुनकुन नाटक र हलमा कस्ता फिल्म?

हिमाल प्रेस १९ साउन २०८१ ६:२६
120
SHARES
सहरमा आज : थिएटर कुनकुन नाटक र हलमा कस्ता फिल्म?

काठमाडौँ- साउनको तेस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ।
यो साता उपत्यकामा कहाँ के हुँदैछ त? हेरौं

ओजस थिएटरमा ‘आवर्त’

रातोपुलस्थित ओजस थिएटरमा नाटक ‘आवर्त’ मञ्चन भइरहेको छ। नाटकका लेखक नारायण लामिछाने हुन् भने। नाटकको निर्देशन विकास पौडेलले गरेका हुन्। नाटकमा जेसिका पोखरेल, गोविन्द राज खड्का, रुवीन सुनार, नारायण लामिछाने, विकाश पौडेल, दिपेश कुमार चौधरीको अभिनय छ। साउन १८ र १९ गते मञ्चन गरिने नाटकको आज अन्तिम सो हो। नाटक साँझ ५ः ३० बजे मञ्चन हुनेछ।

मण्डलामा ‘मिरर’

मण्डलामाकै पूर्व विद्यार्थीको समुह अल्मुनाई सर्कलले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको नाटक ‘मिरर’ पनि मञ्चन भइरहेको छ। साउन १८ देखि सुरु भएको नाटक २७ गतेसम्म चल्नेछ।

नाटक अदन बत्री र सुशान्त बस्नेतको लेखन छ। लेखक बस्नेतलेनै निर्देशन गरेको नाटकमा विशाल बुढाथोकी, सोर्णिम चाम्लिङ, हेमन्त खड्का, रोशन, मनिश पुडासैनीलगायत कलाकारको अभिनय छ।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साझँ अपरान्ह ४ बजे र शनिबार दिउँसो १२ बजेको अतिरिक्त सो हुनेछ।

थिएटर मलमा ‘घरको माया’ र ‘एक जोर जुत्ता’

कीर्तिपुरस्थित थिएटर मलमा साउन ८ देखि नाटक ‘घरको माया’ र ‘एक जोर जुत्ता’ मञ्चन भइरहेको छ। विद्यार्थीलाई लक्षित गरेर बनाइएको नाटक कक्षा ८ र ९ को नेपाली किताबमा समावेश छ। नाटक ‘एक जोर जुत्ता’ का लेखक महेशविक्रम शाह हुन्। भने ‘घरको माया’को लेखक भीमनीधि तिवारी हुन्।

दुइटै नाटकको नाट्य रुपान्तरण र निर्देशन शंकर भण्डारीले गरेका हुन्। नाटकमा शालिक काका, सुशील भुसाल, सुधा खनाल, सुजता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाको अभिनय छ।

नाटक शताब्दी, राराहिल मेमोरियल विद्यालय, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा बनेको हो।

कुञ्ज थिएटरमा ‘कर्तव्य’

थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज थिएटरमा साउन ८ देखि नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। नाटक गुरुप्रसाद मैनालीको ‘कतव्र्य’ कथामा आधारित छ। विद्यार्थी लक्षित नाटक कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ।

नाटकको नाट्य रुपान्तरण तथा निर्देशन शंकर पोखरेलले गरेका हुन्। कैलाशको सहनिर्देशन रहेको नाटक शिल्पशालाले निर्माण गरेको हो।
नाटक दाजुभाइबीच हुने विवादमा आधारित सामाजिक तथा पारिवारिक कथामा आधारित छ।

साउन २३ सम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः ३० बजे मञ्चन हुनेछ। शनिबार दुई सो छ। दिउँसो १ः३० बजे र बेलुका ५ः ३० बजे।

मण्डलामा ‘मेषी दण्ड’

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मेषी दण्ड’ मञ्चन भइरहेको छ। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको नाटकसाउन ५ देखि नाटक मञ्चनरत छ। नाटक गीलु रातोसले लेखेका हुन्।

नाटक दुई दशकअघिका सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भाषाका कारण तत्कालीन राज्यबाट भाषाका कारण भोगेको मेषी दण्डसँग सम्बन्धित छ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायतको कलाकारको अभिनय छ।

साउन २७ सम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः४५ बजे र शनिबार दिउँसो १ः३० बजेको दुई सो हुनेछ।

शिल्पीमा ‘युगको साँचो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ देखि नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ। नाटकमा देशमै रोजगारको व्यवस्था गर्न उद्योग कलकारखाना खोल्नुपर्छ भन्ने सन्देशमा आधारित छ।

नाटकको आज अन्तिम दुई सो हुँदैछ। दिउँसो १ बजे र साझँ ५ः३० बजे। नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनीत चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ।

अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को नेपाली अनुवाद हो। टंक चौलागाईंको परिमार्जन र निर्देशनमा बनेको छ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’

सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ।

नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुने नाटक भदौ २९ सम्म चल्नेछ।

हलमा तीन नेपाली, हिन्दी र अंग्रेजी फिल्म

मोदीबेनी
साउन १८ देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘मोदीबेनी’ का निर्देशक शंकर कोइराला हुन।् फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको घटनामा आधारित छ। फिल्ममा वर्षा शिवाकोटी र डेब्यु अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा छन्। अन्य कलाकार सरोज खनाल, प्रवीण खतिवडा, हिँउवाला गौतम, रेजिना उप्रेती, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्यलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको पाँच सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, एफक्यूब सिनेमाजमा फिल्म ‘मोदीबेनी’ प्रदर्शनरत छ।

शिरफूल
कमल एक्चै मगरद्वारा निर्देशित फिल्म हो ‘शिरफूल’। फिल्म साउन १८ देखि हलमा प्रदर्शन भइरहेको छ। आदिवासी जनजाति महिलाहरूले शिरमा लाउने शिरफूललाई शीर्षकीकरण गरिएको फिल्ममा छोरीको महत्वलाई बिम्बको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायक कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्मको सो छ।

औरो मे कहा दम था

बलिउड फिल्म ‘औरों में कहाँ दम था’ का निर्देशक नीरज पाण्डे हुन्। फिल्ममा अजय देवगन, तब्बु, जिम्मी शेरगिल, शान्तनु महेश्वरी, साई मांजरेकरको अभिनय छ। फिल्म एक्सन, ड्रामा र रोमान्स जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र छाया सेन्टरमा १९ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, एफक्यूब सिनेमाजमा बलिउड फिल्म ‘औरों में कहाँ दम था’ चलिरहेको छ।

डेडपुल एन्ड वल्भरिन

हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ नेपालमा साउन १८ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र कमेडी जनरामा बनेको छ। शान लेभी निर्देशित फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्रको कथामा आधारित छ। फिल्ममा रायन रेनोल्ड्स, ह्युज ज्याकम्यान, मोरिना बाकारिन, म्याथ्यू म्याक फ्याडियन, शियोरी कुत्सुनालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्छर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको ५८ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब सिनेमाज, अष्टनारायण हल हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ चलिरहेको अन्य हल हुन्।

घरज्वाइँ

असार २८ देखि प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ तेस्रो सातामा चलिरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, एफक्यूब सिनेमाजमा फिल्म घरज्वाइँ चलिरहेको छ।

रायन

दक्षिण भारतीय फिल्म ‘रायन’ साउन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक धनुष हुन्। निर्देशक धनुषसहित फिल्ममा नित्य मेनन, प्रकाश राज मुद्यय भूमिकामा छन्। फिल्म एक्सन जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मलमा फिल्मको २ सो छ।

ब्याड न्युज
बलिउड फिल्म ‘ब्याड न्युज’ साउन ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिकामा छन्। कमेडी र रोमान्स जनरामा बनेको फिल्म पारिवारिक कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल र लबिम मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

ट्विस्टर्स
साउन ४ देखि नेपालमा हलिउड फिल्म ‘ट्विस्टर्स’ प्रदर्शन भइरहेको छ। ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकालगायत कलाकारको अभिनय छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा बनेको फिल्म समुन्द्रमा आँधी आउँदा फसेका पात्रको कथामा आधारित छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको ३ सो छ।

डेस्पिक्याबल मि फो

अंग्रेजी फिल्म ‘डेस्पिक्याबल मि फो’ असार २१ देखि नेपालमा प्रदर्शन भैरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनको फिल्मका निर्देशक क्रिस रेनाउड र प्याट्रिक डेलाज हुन्। फिल्ममा स्टीव क्यारेल, क्रिस्टन विग, जोइ किङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको २ सो छ।

कल्की

भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: १९ साउन २०८१ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =