धर्मकर्म

शिवपूजा : ताजा बेलपत्र नभए के गर्ने?

हिमाल प्रेस १८ साउन २०८१ ६:०३
22
SHARES
शिवपूजा : ताजा बेलपत्र नभए के गर्ने?

अहिले साउन महिना चलिरहेको छ। साउनमा भगवान् शिवको विशेष पूजा गरिन्छ। शिव पूजामा  बेलपत्रको ठूलो महत्त्व छ। यी पातबिना शिवको पूजा अधुरो मानिन्छ। शिवलिङ्गलाई बेलको पातले सजाउनुपर्छ भन्ने धार्मिक मान्यता छ। भोग अर्पण गर्दा पनि प्रसादसँगै बेलकाे पात राखिन्छ।

ज्यो.पण्डित मनीष शर्माका अनुसार शिव पूजामा जलसँगै बेलपत्र अनिवार्य छ। शिवलिङ्गमा चढाएर बेलको पात खाने चलन पनि छ। बेलाको पान खानाले धार्मिक लाभका साथै स्वास्थ्य लाभ पनि मिल्छ।

शिवलिङ्गमा जलसँगै बेलको पात मात्र चढाएमा छिट्टै शिवको आशीर्वाद प्राप्त हुने जनविश्वास छ‍। किंवदन्ती अनुसार एक शिकारी शिकारको लागि बेलपत्रको रुखमा चढेका थिए। शिकारको पर्खाइमा रहँदा शिकारीले अन्जानमा बेलका पातहरू टिपेर तल फाल्न थाल।

रुखमुनि एउटा शिवलिङ्ग थियो, त्यो शिकारीले फ्याँकेका बेलका पातहरू शिवलिङ्गमा परिरहेका थिए। यसबाट भगवान शिव प्रशन्न भए र शिकारीका सामु उपस्थित भए। यसै कारणले शिवलिङ्गमा बेलको पात चढाउने महिमाको वर्णन गरिएको छ।

बेलपत्रसँग सम्बन्धित यी कुरा

अष्टमी, चतुर्दशी र आइतबार बेलको पात टिप्नु हुँदैन। यी दिनमा बजारबाट किनेको बेलको पात शिवलिङ्गमा चढाउन सकिन्छ। शिवलिङ्गमा चढाइने बेलको पातलाई बासी मानिने छैन। सोही बेलपत्रलाई बारम्बार धोई अर्को दिन पूजामा अर्पण गर्न सकिन्छ।

यदि ताजा बेलपत्र उपलब्ध छैन भने शिवलिङ्गमा राखिएको बेलपत्र धोई पुनः शिवलिङ्गमा चढाउन सकिन्छ। शिवपुराणमा बेल रुखलाई भगवान् शिवको स्वरूप भनिएको छ। यसलाई श्रीवृक्ष पनि भनिन्छ।

यो श्रीदेवी लक्ष्मीको नाम हो। यसकारण बेलको पूजा गर्नाले देवी लक्ष्मीको आशीर्वाद पनि प्राप्त हुन्छ। यस रुखको जरामा गिरिजा, खोडमा महेश्वरी, हाँगामा दक्षिणायनी, पातमा पार्वती, फूलमा गौरी र फलमा कात्यायनी देवीको वास हुन्छ। यस कारणले यो रूखलाई दिव्य वृक्ष भनिन्छ।

दैनिक भास्करबाट

प्रकाशित: १८ साउन २०८१ ६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast