विश्व स्तनपान सप्ताह मनाइँदै

हिमाल प्रेस १७ साउन २०८१ ९:३५
6
SHARES
विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ- विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन्।

विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन सुरु गरिएको हो। स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ।

आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन्। शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ। जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ।

डाक्टरहरुकाअनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्त्व छ। नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ।

प्रकाशित: १७ साउन २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast