इतिहासमै पहिलोपल्ट रंगशालाबाहिर ओलम्पिक उद्घाटन [तस्बिरहरू]

हिमाल प्रेस १२ साउन २०८१ १४:०८
38
SHARES
इतिहासमै पहिलोपल्ट रंगशालाबाहिर ओलम्पिक उद्घाटन [तस्बिरहरू] फ्रान्सको सेइन नदीमा आयोजना गरिएको ग्रीष्मकालीन ओलम्पिक उद्घाटन समारोह। तस्बिर : एपी/रासस

काठमाडौँ– ग्रीष्मकालीन ओलम्पिकको ३३औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा उद्घाटन गरिएको छ। नेपाली समयअनुसार शुक्रबार राति भव्य समारोहबीच ओलम्पिक उद्घाटन गरिएको हो।

उद्घाटन फ्रान्सको सेन नदीमा भएको थियो। ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह भएको हो। उद्घाटन समारोहमा हरेक देशका खेलाडी डुंगामा चढेर आफ्नो देशको झन्डा फहराइरहेका थिए। १० हजारभन्दा बढी खेलाडी चढेका डुंगा कुल ६ किलोमिटरसम्म चलेको थियो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका २०६ सदस्य राष्ट्रले आफ्ना स्टार खेलाडीलाई फ्रान्स पठाएका छन्। पेरिस ओलम्पिकमा ३२ खेलमा ३ सय २९ स्वर्ण पदकका लागि १० हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

ओलम्पिक उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का अध्यक्ष थोमस बाख (दायाँ) र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन। तस्बिर : एएफपी/रासस

 

तस्बिरहरू : रासस/एएफपी/एपी

प्रकाशित: १२ साउन २०८१ १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =