सेनेटरी प्याड तथा डाइपर उत्पादक संघले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

हिमाल प्रेस १२ साउन २०८१ ७:५१ | Saturday, July 27, 2024
सेनेटरी प्याड तथा डाइपर उत्पादक संघले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ- नेपाल सेनेटरी प्याड तथा डाइपर उत्पादक संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। ४ बुँदामा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारी निर्णयका कारण स्वदेशी वस्तुको तुलनामा आयातित वस्तु सस्तो हुन गइ स्वदेशी वस्तु बिक्री नहुने समस्या रहेको बताइएको छ।

यसैगरी विदेशबाट सेनेटरी आयात गर्दा न्युन विजकीकरणले गर्दा सरकारले पाउनुपर्ने राजश्व नपाएको पनि उल्लेख छ। संघका अध्यक्ष डोलराज अधिकारीले सरकारले चार वर्षअघिको बजेटमार्फत सामुदायिक विद्यालयहरुमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने नीति लिएपछि उद्योगमा लगानी गर्न स्वदेशी लगानीकर्ता उत्साहित भएका आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत स्यानिटरी प्याड उत्पादन गर्ने नयाँ उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणाले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको बताए।

तर सरकारले स्यानिटरी प्याड उद्योगमा सकारात्मक सन्देश प्रवाह गरेको एक वर्षमै सोही उद्योगलाई गम्भीर धक्का लाग्ने निर्णय गर्दा सरकारी नीतिहरु स्थिर नहुने सन्देश प्रवाह भएको भन्दै यसले अल्पकाललाई मात्र नभएर दीर्घकालसम्म लगानीको वातावरण बिगार्ने काम गरेको उनको भनाइ छ।

स्वदेशमा उत्पादन हुने वस्तु विदेशबाट आयात गर्दा स्वदेशी उद्योगको कच्चा पदार्थ र तयारी वस्तुमा दुई तहभन्दा बढीको अन्तर हुने गरी भन्सार महसुल लगाउने नीतिलाई सरकारले सैद्धान्तिक रुपमा स्वीकार गरे पनि स्यानिटरी प्याडको हकमा यो लागू नभएको संघको भनाइ छ। स्वदेशी स्यानिटरी प्याड उद्योगको अर्बौं लगानी डुब्न नदिन र यसको संरक्षणका लागि सुझाव दिइएको संघले जनाएको छ।

प्रकाशित: १२ साउन २०८१ ७:५१ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast