‘लाइफ ड्यामेज’ को शुभ मुहूर्त, मुख्य भूमिकामा सुरक्षा

हिमाल प्रेस ११ साउन २०८१ १४:३१ | Friday, July 26, 2024
‘लाइफ ड्यामेज’ को शुभ मुहूर्त, मुख्य भूमिकामा सुरक्षा

काठमाडौँ- ‘लाइफ ड्यामेज’ नामक फिल्म बन्ने भएको छ। काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै  फिल्म निर्माणको घोषणा गरिएको हो।

फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहने निर्माण टिमले जनाएको छ। फिल्म निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। यो उनको पहिलो निर्देशन हो। फिल्मको कथा निर्देशक निमेष र ईशा थापाले लेखेका हुन्।

सुरक्षासहित फिल्ममा ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायत कलाकारको अभिनय रहनेछ। फिल्म कमेडी र ड्रामा जनरामा बन्नेछ।

फिल्ममा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ। फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेछ।

प्रकाशित: ११ साउन २०८१ १४:३१ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast