राष्ट्रपतिले गरे ओलम्पिक खेल्न जाने टोलीको बिदाइ

हिमाल प्रेस ४ साउन २०८१ १५:०७ | Friday, July 19, 2024
राष्ट्रपतिले गरे ओलम्पिक खेल्न जाने टोलीको बिदाइ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकामा राष्ट्रपति पौडेलले ओलम्पिकमा नेपालको प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गरे।

‘आफ्नो शतप्रतिशत दिएर खेल्नु होस्, सफलता आफै आउँछ। ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनु हुनेछ भन्ने आशावादी छु,’ राष्ट्रिपति पौडेलले भने, ‘हामी सबै नेपाली तपाईँहरूकाे साथमा छौ।’

कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए।

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलको उपस्थिति थियो।

ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ। ओलम्पिकमा यस पटक सात नेपाली खेलाडीले सहभागिता जनाउँदै छन्।

प्रकाशित: ४ साउन २०८१ १५:०७ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast